नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शुक्रबार, २०८३ | १६:३२:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.२० प्रतिशतले घटेर २६९०.१५ अंकमा आइपुगेको छ ।
सूचक घटे पनि लगानीकर्ताको उत्साह भने देखियो । लगानीकर्ताले आज पाँच महिनायताकै धेरै कारोबार गरेका हुन् ।
नेप्सेका अनुसार, गत वैशाख ३ गते लगानीकर्ताले ९ अर्ब १८ करोडको कारोबार गरेका थिए । शुक्रबार भने आठ अर्ब ८२ करोडको कारोबार गरेका हुन् । बिहीबार आठ अर्ब ४८ कारोडको सेयर कारोबार गरेका लगानीकर्ताले शुक्रबार सेयर खरिद बिक्रीलाई बढाएका हुन् ।
यो दिन नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये १६९ वटाको मूल्य घट्दा १०२ वटाको बढेको छ । आठ कम्पनीको मूल्य स्थिर रह्यो ।
सर्वाधिक बढ्नेमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.०८ प्रतिशतले घटेको हो ।
यस्तै आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको ३८ करोडको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
प्रतिकृया दिनुहोस