वातावरण
भाइटीकाको दिन यस्तो छ मौसम, कहाँ पर्छ पानी?
- गाउँ सहर संवाददाता
- २४ कार्तिक मंगलबार, २०८३ | १८:०८:०० मा प्रकाशित
काठमाडौँ। भाइटीकाको दिन बुधबार देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। मधेशसहित कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ।
राति भने हिमाली क्षेत्रमा आंशिक बदलीबाहेक देशका अधिकांश स्थानमा मौसम सफा रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हल्का हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तिहारमा ८० प्रतिशत विदेशी सामानको भर, स्वदेशी उत्पादनको हिस्सा २० प्रतिशतभन्दा कम
- सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
- छठ मनाउन सर्लाही जाँदै कांग्रेस सभापति गगन थापा
- नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा आज भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्याली
- नेपाल संवत् ११४७ आज मनाइँदै, नेवार समुदायले म्हः पूजा गर्दै
- एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै
- गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै
- पाँच दिनको मौसम पूर्वानुमान : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- रुकुम पश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते
- लगातार चार हारपछि पोखरा एभेन्जर्सको पहिलो जित
प्रतिकृया दिनुहोस