अनेसास र कागेश्वरी पुस्तकालयद्वारा देवकोटा जयन्ती मनाइयो
- गाउँ सहर संवाददाता
- २८ कार्तिक शनिबार, २०८३ | १०:२७:०० मा प्रकाशित
काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ।
कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा महाकवि देवकोटासहित साहित्यकार भैरव अर्याल र रमेश विकलका सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
अनेसास नेपाल च्याप्टरकी अध्यक्ष मञ्जिला अनिल र पुस्तकालयका अध्यक्ष कुमार खड्काको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँल प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्र लुइटेल विशिष्ट अतिथि थिए।
कार्यक्रममा ३० भन्दा बढी साहित्यकारले देवकोटाप्रति समर्पित कविता, गीत तथा साहित्यिक रचना वाचन गरेका थिए। वक्ताहरूले देवकोटाको साहित्यिक योगदान, व्यक्तित्व र नेपाली भाषा साहित्यमा उहाँले पुर्याएको योगदानको चर्चा गरेका थिए।
सो अवसरमा अनेसास नेपाल च्याप्टरले कागेश्वरी पुस्तकालयलाई साहित्यलगायत विभिन्न विधाका करिब १५० थान पुस्तक हस्तान्तरण गरेको थियो।
कार्यक्रममा साहित्यकार, स्थानीय जनप्रतिनिधि, साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालले गरेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
- सरकारलाई सबैभन्दा धेरै कर तिर्ने यी १९ करदाता
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री शाह मंसिर ६ र ७ मा भारतको राजकीय भ्रमणमा जाने
- मंसिरमा ६ बैंकले घटाए निक्षेपको ब्याजदर, बढाउने बैंक शून्य
- एनपीएलको फाइनल पुग्न चार टोलीबीच प्रतिस्पर्धा
- उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व सम्पन्न हुँदै
- केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- जनकपुर–अयोध्या सीधा रेल सेवा मंसिर ७ देखि सञ्चालन गर्ने तयारी, ६०४ किलोमिटरको यात्रा सहज हुने
प्रतिकृया दिनुहोस