जीवनशैली
‘शिमला मिर्च’ अर्थात क्याप्सिकमको फाइदा सुनेर तपाइँ छक्क पर्नुहुन्छ
- २० भदौ बुधबार, २०७५ | १८:३२:०० मा प्रकाशित

काठमाडौँ । ‘शिमला मिर्च’ अर्थात क्याप्सिकम यस्तो सब्जी हो जुन चाइनीज, इटालियन, हिन्दुस्तान र नेपालको हरेक डिशमा सेट हुने गर्दछ । तर केही मानिसहरुलाई सब्जीको रुपमा मन पर्दैन । जो मानिसहरुलाई शिमला मिर्च मन पर्दैन, उनलाई यसको फाइदाको बारेमा जानकारी पनि हुँदैन ।
यसको सेवनले तपाइँ लामो समयसम्म चुस्त वा तन्दरुस्त रहन सक्नुहुन्छ । किनकी शरीरको लागि शिमला मिर्च अत्यन्तै लाभदायक सब्जी हो । आउनुहोस यसको फाइदाहरुको चर्चा गरौँ ।
१. पोषक तत्व जस्तै भिटामिन ए, सी, फलेवानाइड्स, अल्कालाइड्स प्राप्त हुन्छ ।
२. मुटुलाई स्वस्थ राख्छ ।
३. इम्यूनिटी पावरलाई बढाउँछ ।
४. आइरनको कमीलाई भगाउँछ ।
५. दुखाईबाट राहत गराउँछ ।
६. तौल घटाउनमा मद्यतकारी बन्छ । लाइभ हिन्दुस्तानकाे सहयाेगमा
प्रतिकृया दिनुहोस