काठमाडाैँ लगायत देशभरका कयाैँ क्षेत्रमा झरी, चन्द्रागिरि हिउँले भरियाे (शब्द/तस्विर/भिडियाे)
- गाउँ सहर संवाददाता
- ९ माघ बुधबार, २०७५ | १०:५३:०० मा प्रकाशित
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर पानी परेको छ । पानी पर्ने क्रम जारी छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ । यो प्रणाली आज रातिसम्म कायम रहने उनीहरुको अनुमान छ ।
रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने शाखाले जनाएकाे छ ।
पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो केहीदिन बढ्ने छ । काठमाडौँ उपत्यकाको तापक्रम यस वर्ष शून्यमा पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ ।
काठमाडाैँ नजिकै रहेकाे चन्द्रागिरि डाँडाँमा हिउँ परेकाे छ । पर्यटकीय स्थल चन्द्रागिरिमा हिउँ खेल्नेकाे घुइँचाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
- शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
- रविपत्नी निकिताले लगाइन् गृहमन्त्री र प्रधानन्याधिशमाथि गम्भीर आराेप
- प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (Live)
- वाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
- विश्वासको मत लिँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ
- अस्ट्रेलियामा जाने राष्ट्रिय क्रिकेट टोलीलाई गरियो बिदाइ, ललितको ठाउँमा शाहव आलम खेल्ने
- फोनिजद्वारा पत्रकार नयाँघरे र श्रेष्ठ सम्मानित
प्रतिकृया दिनुहोस