गाउँ सहर

यस वर्षकाे हाेली अबिरको टीका मात्र लगाएर मनाउन संस्कृतिविद् सत्यमोहन जोशीकाे सुझाव

  • २३ फाल्गुण शुक्रबार, २०७६ | ०८:५०:०० मा प्रकाशित

काठमाडाैं । फागु पर्व रंगिन पर्व तर यसपटक काेराेना भाइरसकाे त्रासकाे कारण ओझेलमा पर्ने भएकाे छ । कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने-खेल्ने काम नगर्न आग्रह गरि एको छ । विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोराेना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह गरिएको छ ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिर को टीका मात्र लगाएर मनाउन सुझाए । संस्कृतिविद् गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना सङ्क्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय भएकाे बताए ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपाल हालसम्म कोरोनामुक्त देश भए पनि सबैमा त्रासको वातावरण र हेको बताउँदै फागु पर्वमा भीडभाडमा होली खेल्दा सङ्क्रमणको खतरा हुने भएकाले आफ्नो घर मा मात्र खेल्न सुझाएका छन् ।

कोरोना त्रासकै कारण अहिले सरकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल र सङ्घसंस्थाले सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । सरकार ले गत आइतबार सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्वयन गर्न थालिएको छ ।

तपाईँको मत