पोखरा २७ रिठेपानीमा आकस्मिक रक्तदान, ३८ युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर आइतबार, २०७७ | १७:०६:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को रिठेपानीमा आईतर लायन्स क्लव अफ पोखरा मुनाल र राईजिङ्ग स्टार युथ क्लवले राखेको आकस्मिक रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ ।
पोखरामा देखिएको रगतको अभावलाई केही हदसम्ममा भए पनि कमि गर्ने उदेस्यले दुई संस्थाको सहकार्यमा भएको रक्तदानमा स्वतस्फुर्त रुपमा ३८ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा पहिलो रक्तदाता ३० औं पटक रक्तदान गरेका महेन्द्रजंग गुरुङलाई बल्ड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङले समाजमा सकारात्मक सन्देस दिने गरी दुई संस्थाको सहकार्यमा मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई रक्तदानको कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखेका थिए ।
लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष पुरुषोक्तम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वच्छ मानिसले तीन ÷तीन महिनामा रत्तदान गर्दा राम्रो हुने सुझाव दिदै चाडवाडका कारण वजारमा देखिएको रगतको अभावलाई कम गर्न यस यस प्रकारका कार्यक्रमहरु फलदायी हुने विचार राखेका थिए ।
कार्यक्रममा लायन्स क्लवका रत्तदान डिष्ट्रिक डिपाटमेण्टल चिफ बालकृष्ण शर्मा,कार्यक्रम संयोजक तथा ७१ पटक रत्तदान गरिसकेका जितेन्द्रमान शाक्य लगाएतले रक्तदान गर्दा मानिस झन स्वस्थ हुने धारणा राखे ।लायन्स क्लवका रिजन चियर प्रसन ज्ञानेन्द्रराज कोईरालाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन राईजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप ५ दिन म्याद थप
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
- लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा, आजपनि घट्याे नेप्से
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
प्रतिकृया दिनुहोस