शरणार्थी र स्थानीयबीचको सहकार्यमा कार्यक्रम अघि बढिरहने - उपप्रमुख वास्तोला
- गाउँ सहर संवाददाता
- १८ चैत बुधबार, २०७७ | २०:१४:०० मा प्रकाशित
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नगर क्षेत्रमा रहेका भूटानी शरणार्थीहरुका लागि मानवीय सेवाका हिसावले विभिन्न कार्यक्रमहरु सहकार्य गरेर अघि बढ्दै जाने बताएकी छन् ।
उनले आज वडा नम्बर १० स्थित भूटानी शरणार्थी शिविरमा युएनएचसीआरको सहयोग र नेपाल सरकारको समन्वयमा लुथरन विश्व फेडेरेशनले सञ्चालन गरेको ‘लैंगिक विभेदमा आधारित यौनजन्य हिंसाबाट हुने घटनाको नियन्त्रण र समाधान विषयक क्षमता अभिवृद्धि तालिम’ मा बोल्दै सो कुरा बताएकी हुन् ।
कार्यक्रममा उनले विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुका लागि सीपमुलक कार्यक्रम, स्वास्थ्य, शिक्षा, न्याय सम्पादन सहितका मानवीय हिसावले पुर्याउन मिल्ने सहयोगका लागि समन्वयात्मक कार्यक्रम अघि बढाउँदै आएको र थप अघि बढाउँदै जाने प्रष्ट्याएकी थिइन् ।
कार्यक्रममा, नगरका कानूनी सल्लाहकार दीपककुमार राई र महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले महिला मञ्च, बाल मञ्च र अपाङ्गता मञ्चका सहभागिका लागि लैंगिक विभेदमा आधारित यौनजन्य हिंसाबाट हुने घटनाको नियन्त्रण र समाधानका बारेमा सहजिकरण गरेका थिए । लुथरनका लील कार्कीले कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको अवरोधले चल्न सकेन संसद्, जेठ ३ गतेसम्मलाई स्थगित
- हेर्दाहेर्दैमा सन्दीपविरुद्धको मुद्दा, फैसला भोलि नै आउन सक्ने
- आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- राष्ट्रिय वाणिज्य बैंककाे यस्ताे छ नयाँ व्याजदर प्रतिशत
- नीति तथा कार्यक्रम : कृषि लगानी दशक घोषणा
- नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)
- मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित
- कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
- एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
- ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’
प्रतिकृया दिनुहोस