गाउँ सहर

पथरी शनिश्चरे नगरका वडा वडाद्वारा घर घरमा सामाजिक सुरक्षा भत्ता

पथरी शनिश्चरे । अति असक्त अवस्थाका व्यक्तिहरुलाई मोरङको पथरी शनिश्चरे नगरका वडा वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

बैंक पुग्न नसक्ने अति असक्त अवस्थाका व्यक्तिहरुलाई आर्थिक वर्ष २०७७/७८ को अन्तिम किस्ताका रुपमा बैंकमा जम्मा भएको भत्ता बैंक कर्मचारीहरुको सहकार्यमा वडाका जनप्रतिनिधिहरुले यस अघि जस्तै गरी घर घरमा पुगेर वितरण गरेका हुन् । यस क्रममा वडा नम्बर ४, १० सहितका वडाले घरघरमा भत्ता वितरण गरेर वडावासीलाई सहजता प्रदान गरेका छन् ।

वडा नम्बर ४ मा वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सदस्य तुलसादेवी दर्जी सहितका जनप्रतिनिधिहरुले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् ।

वडा नम्बर १० मा वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य सहितका जनप्रतिनिधिहरुले पनि उसैगरी घरघरमा भत्ता वितरण गरेका छन् ।

तपाईँको मत