ब्लग

विकट जिल्ला ‘मेरो अछाम’ - “धनीमाथि रुपैयाँको आश गरिबमाथि झुपडीकाे बास”

प्रदेश नम्बर ७ (सुदूरपश्चिम) सुन्दर सुदूरपश्चिमकै एउटा विकट जिल्ला हो अछाम । अछाम भित्रको मारमा परेको रामारोशन, रामारोशन एउटा सुन्दरताको प्रतिक हाे । यहाँ भौगालिक र सांस्कतिक र परम्पराको हिसाबले हेर्न हो भने पनि पछि त छैन, तर यो क्षेत्र सरकारकाे हिसाबबाट पछाडि नै परेको देखिन्छ । अनि यो ठाउँ सुन्दरताको खानी अनि पर्यटकीय क्षेत्रको हिसाबले पनि निकै धनी छ । तर हाम्रो देश राजनीतिक विकारले जकडिएकाे छ । हरेक जिल्ला जिल्लामा बजेट विनियाेजन गरियो तर यो ठाउँको लागि नाममात्रकाे मात्र छुट्टिएकाे छ । झन यो ठाउँमा अरुको तुलनामा गरिबी, छुवाछुत, जातिय भेदभाव, महिनावारी सम्बन्धी एकदमै जटिल अवस्थामा छ, सबैमा जानकारी छ । यसको लागि कसले हेर्ने र कहिले गर्ने ?

बजेट बिनियाेजन त भयो तर त्यो पारी रहेको गाउँ कसैले हेर्ने कोसिस नै गरेन  जहाँ शिक्षा अनि शिक्षा माथिको पहुँच हुन्छ, त्यहाँ नैं बढी फाइदा जनकहुने रहेछ। मानवको वास्तविक यो की परिवारबाट नै सुधार गर्यो भने भोलीको दिनमा परिवार ले नै समाज बदल्छ। समाजले नैं राष्टको नाममा एउटा चिनारी जनाउँछ  भने कुरा बुझेको थिएँ।

यथार्थ यो भएकाे छ कि जुन ठाउँ अनि त्यो गाउँलाई परिवर्तन गर्नु थियो जुन भदौ २ गते राति १२ बजे गएको एउटा ठूलो बाढीको  संकट थियो जहाँ १७ जनाको ज्यान जाँदा पनि भन्नेले भने, राम राम गरे, तर सुन्नेले सुनेजस्तो मात्र गरे। सरकारले पनि हेरेन । अहिले कोहि खान नपाएर विदेशिनु परेको छ भने कोहि खोला नलाले बगाएको ढुंगालाई हेर्दै बस्नु परेको अवस्था  छ ।

रामाराेशन, पयार्टकीय स्थलको रुपमा  पनि हेरिन्छ तर सरकारले त होईन, स्थानीय बासिन्दाले मात्र । हरियाली डाँडाकाँडा र झरना अनि त्यो ताल तलाएको पानि कति समतल छ ।  हेर्दा यस्तो रमणीय भए पनि सरकारको हकमा अहिलेसम एकमुष्ट कदम पनि उठेको छैन । विकासको कुरा उठ्दा सबैभन्दा पहिले यातायात र सञ्चार अनि विद्युत भनिन्छ । तर यो ठाउँमा सडकको हालत यस्तो छ जून अहिलेसम्म सुध्रन सकेकाे छैन, यस्तो हालतमा देख्दा कस्तो लाग्छ ?

सञ्चारको हिसाबमा बिहान १० बजे देखि साँझ ४ बजेसम्म मात्र सञ्चार विस्तार छ तर भन्छ सरकारले सबै  स्थानीय तहमा फाेरजीको विस्तार छ र यो तहमा नत फाेरजी नै आउँछ नत टूजीले फाेन गर्न साथ नै दिन्छ । विचरा त्यो ठाउँ है.. भन्ने सबैलाई आउँछ होला तर त्यो ठाउँको लागि अवस्था बुझ्न कोही आउँदैनन् । दया देखाउन सबैलाई आउँछ तर त्यो ठाँउमा समस्याको समधान गर्न कोहि आउँदैनन् । यस्तो आपत र विपत परेको समयमा विश्वभरी कोरोनाले तहसनहस गरेको छ झन त्यो माथि बाढीले तहसनहस गरेको छ । झन् त्यसमाथि परेको प्रभाव विधार्थीलाई छ विभिन्न ठाउँमा अनलाइन कक्षा भएका छन्, अनलाइन फर्महरू खुलेका छन् तर यो ठाउँमा भने यस्ता सबैकुरा कुनमा थन्किएका छन् । विधार्थीरू मारमा छन् ।

यस्तो बेला कसले हेर्न सक्छ होला ? मलाई लाग्छ जहाँ समस्या हुन्छ त्यहाँ समस्याकाे समधानको उपाए खोज्न सजिलो हुन्छ तर यहाँ कोही कसैले हेर्दैन रहेछ । पछाडिबाट अगाडि हेर्ने कोहि हुँदैन् रहेछ । आफ्नो स्वार्थ हेर्छन् अनि भाषण ठोक्न गरिबसामु पुग्छन् । "धनीमाथि रुपैयाँको आश गरिबमाथि झुपडीकाे बास" यहि नै रहेछ । "आँखामाथिको आश झुपडीमाथिको गाँस ।" 

यो सत्य घटना हो । यसमा सरकारकाे ध्यान जाओस् ।

धन्यवाद ।

तस्बिरहरूः लेखक ।

तपाईँको मत