स्वास्थ्य

यी उपाय पहिल्याउँ - कोभिड-१९ बाट बचाैँ

  • तिलक बटाला
  • १४ बैशाख मंगलबार, २०७८ | १०:३०:०० मा प्रकाशित

मानवको विकाससँगै कहिले त बोली को पनि विकासको भर हुने रहेछ, जब संयुक्त राष्ट्रसंङघीय दिगो विकासको लक्ष्य भनेर (UN sustainable development Goals) विश्वमा दिगो विकास निर्माण गरिएको थियो सन् 1960 मा जसकाे अन्तरालपछि सन् 1987 मा प्रकाशित ब्रुटल्याण्ड कमिशनको प्रतिवेदन अनुसार दिगो विकास भनेको त्यस्तो सामाजिक तथा आर्थिक विकास हो जसले भविष्यका पुस्ताहरुको आफ्ना आवश्कता पूर्ति गर्न सक्ने क्षमतालाई नजरअन्दाज  प्रभावित नगरी वर्तमान पुस्ताका आवश्कताहरुको परिपूर्ति गर्छ भने यसलाई दिगो विकास भनिन्छ । जसले गर्दा हाम्राे विश्व समाजलाई रूपान्तरण गर्दा हरेक विकास मा ढिला नै हुन्छ तर पनि अब आउने दिनमा No poverty, Zero hunger, Quality Education, peace, justice and strong institutions, partnership for the Goal  आदिलाई परिवर्तन गर्ने लक्ष्यलाई राखेको थियो जसको हाल अहिले  Covid 19 ले सबैलाई निर्बल र कठिन बनाएकाे छ।  हरेक समाजमा हरेक विश्वमा गरिबी र बेरोजगारी नभएको नत देश हुन्छ नत समाज नै, तर यस्ता समस्याको परिवर्तन गर्न र गराउन सबैको सहयोग चाहिन्छ । आज भोलि पारेको कठिन Covid19 ले गर्दा अहिले सम्म चिनियाँ, फिलिपिन्स, अमेरिका, ब्राजिल, रुस, भारत, इटाली, बेलाय, स्पेन, फ्रान्स, ईरान, नेपाललगायतका देशहरुमा निकै नै प्रभावकारी पार्दै आएको छ जुन नेपालमा पहिलो लकडाउन चैत्र ११/२०७७  मा गरिएको  थियो जुन एकसाता भनेर ५ महिना भन्दा बढी नै लम्बियो फेरि पनि यस्ताे नहोला भन्न सकिएन । हाेशियारी पहिलाे सर्त बनेकाे छ ।

यी जानकारी र नियमहरु पालना गरे हामी काेभिड १९ बाट सतर्क र सहज रुपमा जोगिन सक्छौं । 

१) कोभिड १९ भनेको के हो ?

यो एउटा विश्वभरी र नेपालमा पनि फैलिएको सङ्क्रमक रोग हो । यो कोरोना भाइरसको कारणले हुन्छ । याे हुवेई प्रान्तको वुहानमा पता लागेको हो । 

2) कोभिड १९ कसलाई हुन्छ ? 

कोभिड १९ जसलाई पनि हुन सक्छ । यसबाट जोगिन हामी सचेत हुनुपर्छ । कोभिड १९ फैलिनबाट  रोक्न हामी सबै जिम्मेवारी हुनुपर्छ । 

3) कोभिड १९ हुँदा के हुन्छ ? 

ज्वरो आउँछ, रुघा खोकी लाग्छ, स्वस फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ कहिलकाहीँ कुनै लक्षणहरू देखिँदैन । 

4 ) कोभिड १९  कसरी सर्छ ?

नजिकै आएर बोलेमा वा कुरा गरेमा, हाच्छ्युँ गरेमा, खोकेमा, 

5) कोभिड १९ बाट कसरी जोगिने ? 

सेनिटाइजर प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने, घर बाहिर जाँदा माक्स लगाउने, आँखा, नाख र मुखलाई हातले नछुने, अति आवश्यक नपर्ने कुराहरू नछुने, कसैसँग  बोल्दा थोरैमा २ मीटर टाढा बस्ने, खोक्दा र हाच्छ्युँ गर्दा रुमालको प्रयोग गर्ने, हाच्छ्युँ गर्दा कुहिनाले नाक-मुख छोप्ने ।  

6) कोभिड १९ का  लक्षणहरु देखिएमा के गर्ने ? 

नजिकैको अस्पतालमा सम्पर्क गर्ने, चाैविसै घण्टा कोभिड १९ हेल्पलाइन नम्बर १११५/११३३ मा सम्पर्क गर्ने ।

7) मैले  स्वास्थ्य सेवाहरु कहाँ पाउँन सक्छु ? 

अस्पताल वा स्वास्थ्य चौकी 

8) कोभिड १९ मा मेरो आवाज कसरी अरूलाई सुनाउने ?

वकालत गरेर, निणर्य लिने छलफल कार्यक्रममा समावेश भएर । 

9) कोभिड १९ का बारेमा कोसंग छलफल गर्ने ? 

आमा, बा वा सहयोगी र छर छिमेकमा छलफल गर्ने, मन्त्रालय, नगरपालिका, गाउँपालिका, वडा, संस्थाका मानिसहरुसंग । 

10) सरकारले  के काम गर्छ ? 

अधिकारको सम्मान र संरक्षण गर्ने, शिक्षा, स्वास्थ्य तथा समाजिक सुरक्षा सुनिश्चत गर्ने, खानेकुरा दिने, सेवा दिने, औंषधी दिने, कोभीड 19 सम्बन्धी सूचना तथा जानकारी दिने । 

11) यी सेवाहरु लिन म कहाँ गएर बोल्ने ? 

नगरपालिका वा वडा कायार्लयमा, सेवा  दिने संघ संस्था तथा डे केयरमा, टोलमा, मन्त्रालयमा ।

12) सूचना कसरी लिने ? 

टेलिभिजन हेरेर, युट्युब हेरेर पत्रपत्रिका पढेर, अनलाइन कार्यक्रममा भाग लिएर, मोबाइल हेरेर, आदि कुरा लिएर हामी कोरोना भाइरसबाट सहज रुपमा बाँच्न र बचाउन सक्छौँ ।

13) Lockdown लकडाउनको समय कसरी सदुपयोग गर्ने ? 

Lockdown को समय मा घरमै बसी हाते पुस्तक पुस्तिका अध्यायन गर्ने, एक्साईज, कियकलाप, योगा, meditatio, phycological रूपमा व्यायम जस्ता कियकलापहरू गर्ने र आफूलाई मनपर्ने कुनै नोबेल, कथा आदी लेख्न सिक्ने । 

@Down Syndrome society Nepal,  @United States agency international development, @ नेपाल अपाङ्ग महिला संघ, @ international Foundation for electoral systems बाट जनचेतना र सूचनाका लागि सबैलाई धन्यवाद ।

तपाईँको मत