गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- गाउँ सहर संवाददाता
- ८ भदौ आइतबार, २०८२ | १५:१६:०० मा प्रकाशित

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा १७ खर्बभन्दा बढी राजश्व भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई .१७ अर्ब २३ अर्ब २७ करोड पुगेको हो ।
अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। यस्तै २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको पनि राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१५७१ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ ।
अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- आइतबार सेयर बजार १८ अंककाे गिरावट
- यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने
- शेयरबजारमा देखिएन उत्साह, खुम्चिँदै काराेबार रकम
- लिपुलेक नेपालको अभिन्न भूभाग भन्दा भारतले भन्याे-नेपालको दाबी आधारहीन
- काराेबार रकम र नेप्से दुवै घट्याे
- साेमपालकाे शानदार बलिङसँगै नेपालकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस