यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- गाउँ सहर संवाददाता
- ८ भदौ आइतबार, २०८२ | १५:२२:०० मा प्रकाशित

काठमाडाैं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आव २०८१/०८२ को वार्षिक तथ्यांक आइतबार सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
गत आवको असार मसान्तसम्मको तथ्यांकअनुसार निक्षेप संकलन १२.६ प्रतिशतले बढ्दै ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढ्दै ५४ खर्ब ९८ अर्ब पुगेको छ।
देशको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान राष्ट्र बैंकको छ । अघिल्लो वर्ष (२०८०/०८१)को आर्थिक वृद्धिदर ३.६७ प्रतिशत मात्र रहेको थियो।
राष्ट्र बैंकका अनुसार वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशतमा कायम भएको छ। अघिल्लो वर्ष औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो।
शोधनान्तर स्थिति सकारात्मक बन्दै गएको देखिएको छ।
आव २०८०/०८१ को अन्त्यमा शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोडले बचतमा रहेको छ, अघिल्लो वर्ष यो ५०२ अर्ब ४९ करोडले बचतमा मात्र सीमित थियो।
विदेश व्यापारतर्फ उल्लेख्य सुधार देखिएको छ। आयात १३.३ प्रतिशतले बढ्दा निर्यात अभूतपूर्व रूपमा ८१.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भने आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको थियो।
विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको छ। नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले विप्रेषण बढेको राष्ट्र बैंकले जनाएको छ।
२०८२ असार महिनामा विप्रेषण आप्रवाह रु. १८९ अर्ब ११ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलरमा पुगेको छ। यो सञ्चिति १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्ष १२.९ प्रतिशत थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- आइतबार सेयर बजार १८ अंककाे गिरावट
- गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने
- शेयरबजारमा देखिएन उत्साह, खुम्चिँदै काराेबार रकम
- लिपुलेक नेपालको अभिन्न भूभाग भन्दा भारतले भन्याे-नेपालको दाबी आधारहीन
- काराेबार रकम र नेप्से दुवै घट्याे
- साेमपालकाे शानदार बलिङसँगै नेपालकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस