खेल

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि हुने भएको छ ।

बिहीबार नेपाल प्रिमियर लिगको सामाजिक सञ्जाल पेजमार्फत एनपीएलको दोस्रो संस्करणको मिति घोषणा गरिएको हो ।

जसअनुसार, एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २७) सम्म हुनेछ ।

एनपीएलको पहिलो संस्करण ०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म चलेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतियोगितामा जनकपुर बोल्ट्स उपाधि जितेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत