प्रतिनिधि सभा
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने
- गाउँ सहर संवाददाता
- ४ भदौ बुधबार, २०८२ | ०६:५४:०० मा प्रकाशित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
साथै, उनले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काराेबार रकम र नेप्से दुवै घट्याे
- साेमपालकाे शानदार बलिङसँगै नेपालकाे दाेस्राे जित
- भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर
- उपसभामुख हटाउने भनेपछि विपक्षी दलहरू छलफलमा, आरोप प्रमाणित गर्न रास्वपाको चुनौती
- नेप्से बढेपनि यस दिन कारोबार रकम घट्याे
- नेपालको पहिलो जित, नन्दन यादवले लिए ५ विकेट, दर्शक पनि खुशी
- संसदमा सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै
- गौर हत्याकाण्डमा उपेन्द्र यादवसहितलाई छानबिन अघि बढाउन सर्वोच्चको परमादेश
- अस्ट्रेलियामा नेपालकाे केही सीप लागेन, लगातार तेस्रो हार
- विद्युत् प्राधिकरणको नाफामा गिरावट
प्रतिकृया दिनुहोस