गाउँ सहर

उपसभामुख हटाउने भनेपछि विपक्षी दलहरू छलफलमा, आरोप प्रमाणित गर्न रास्वपाको चुनौती

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमालेले उपसभामुख ईन्दिरा रानामगरलाई हटाउने कसरत सुरु गरेपछि विपक्षी दलहरुको बैठक बसेको छ ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याल लगायत दलका नेताहरु बैठक बसेको हो ।

बैठकमा अबको आफ्नो रणनीति के हुने भनेर छलफल भएको बताइएको छ । सत्तारुढ दलको निर्णयविरुद्ध कदम चाल्न बैठक बसेको हो ।

उनीहरुले उपसभामुखलाई हटाउन नहुने बताएका छन् ।

उता एमाले–कांग्रेसले भने उपसभामुखलाई हटाउने भनेर आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

उपसभामुखमाथिको आरोप प्रमाणित गर्न प्रधानमन्त्रीलाई रास्वपाको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाैती दिएको छ ।

मप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए ।

रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप लगाएका थिए ।रास्वपा उपसभापति डीपी अर्यालले आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत