काराेबार रकम र नेप्से दुवै घट्याे
- गाउँ सहर संवाददाता
- ४ भदौ बुधबार, २०८२ | १५:२२:०० मा प्रकाशित

काठमाडाैं । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ९.७० अंक घटेर २७६७.२० विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ५३ हजार ८५३ पटकको कारोबारमा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
विकास हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन चन्द्रागिरी हिल्सको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने चन्द्रागिरी हिल्सको करिब साढे १९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साेमपालकाे शानदार बलिङसँगै नेपालकाे दाेस्राे जित
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने
- भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर
- उपसभामुख हटाउने भनेपछि विपक्षी दलहरू छलफलमा, आरोप प्रमाणित गर्न रास्वपाको चुनौती
- नेप्से बढेपनि यस दिन कारोबार रकम घट्याे
- नेपालको पहिलो जित, नन्दन यादवले लिए ५ विकेट, दर्शक पनि खुशी
- संसदमा सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै
- गौर हत्याकाण्डमा उपेन्द्र यादवसहितलाई छानबिन अघि बढाउन सर्वोच्चको परमादेश
- अस्ट्रेलियामा नेपालकाे केही सीप लागेन, लगातार तेस्रो हार
- विद्युत् प्राधिकरणको नाफामा गिरावट
प्रतिकृया दिनुहोस