आइतबार सेयर बजार १८ अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- ८ भदौ आइतबार, २०८२ | १६:५५:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ । कारोबार सुरुवातपछि बढेको बजार ११ : १७ बजे २७७० अंकमा पुगे पनि त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो ।
बजारको अंक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।
उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । सो समूह ०.१५ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै सूचीकृत सो कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ । त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्यङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो । पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो ।
आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो । सो कम्पनीको मात्रै १ अर्ब ७५ करोडको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुद्दा पौने १६ करोड भ्रष्टाचार,अदालतको आदेश १ लाख धरौटीमा रिहा गर
- यस्ताे देखियाे एक वर्षकाे अर्थतन्त्र
- गत आर्थिक वर्ष नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- कुश एकप्रकारकाे घाँस मात्रै हाेइन, यस्ताे छ आवश्यकता र महत्व
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने
- शेयरबजारमा देखिएन उत्साह, खुम्चिँदै काराेबार रकम
- लिपुलेक नेपालको अभिन्न भूभाग भन्दा भारतले भन्याे-नेपालको दाबी आधारहीन
- काराेबार रकम र नेप्से दुवै घट्याे
- साेमपालकाे शानदार बलिङसँगै नेपालकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस