शिक्षा

त्रिविको तानाशाही प्रवृत्तिविरुद्ध आंशिक प्राध्यापकको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक उपत्यका समितिले विश्वविद्यालय र त्रिवि आंशिक प्राध्यापकबिच ०७७ पौष २४ गते भएको सम्झौता विपरित ०७८ असार २१ गते त्रिविद्वारा प्रेशित विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संयोजक नविन खनालद्वारा जारी विज्ञप्तिमा ‘उत्पन्न समस्यालाई वार्ता र सम्वादद्वारा समाधानको बाटो खोजिनुपर्नेमा त्रिविले आफ्नो प्राज्ञिक मर्यादालाई समेत विर्सिएर त्रिविको लगभग ७० प्रतिशत कक्षाभार सम्हालिरहेका आफ्नै आंशिक प्राध्यापकहरुप्रति तानाशाही शैलीमा प्रेशित धम्किपूर्ण विज्ञप्तिप्रति घोर निन्दा गर्दछौँ’ भनिएको छ ।

विश्वविद्यालयले आंशिक प्राध्यापकहरुसँग गरेको सम्झौताको मसी सुक्न नपाउँदै आंशिक प्राध्यापकलाई धम्क्याउने प्रयास गरेकोप्रति संघले घोर आपत्ति प्रकट गरेको हो । 

साथै उसले सम्झौता बमोजिम माग तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत