गाउँ सहर

त्रिविको उपकुलपतिका लागि यी १४ जना परे सर्टलिस्टमा

काठमाडौं । त्रिविको उपकुलपतिका लागि आवेदन दिएका मध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्ट लिस्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् ।

यस्तै तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् ।

समितिले सर्ट लिस्टमा समावेश गरेका यी १४ अनुहारबाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ ।

उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए ।

दरखस्त दिएकामध्ये १५ नामा सर्टलिस्टमा समावेश हुनुपर्नेमा १४ जनाको मात्रै परेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत