गाउँ सहर

अब सवारी साधनको नविकरण तथा राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने

काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी साधनको नविकरण तथा राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने प्रणाली सुरु गरेकाे छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलको शुक्रबारदेखि प्रदेशभित्र दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरण तथा राजश्व अनलाइनबाटै तिर्न सकिने प्रणालीकाे सुरुवात गरेको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडाबाट कार्यक्रमको सुरुवात गरेका हुन् । नागरिक एप्समार्फत अनलाइनबाटै राजश्व तिर्न सकिने भएकाे हाे ।

देशकै सबैभन्दा बढी सवारी सधान दर्ता भएको बागमती प्रदेशमा नविकरण तथा राजश्व बुझाउनका लागि लामो लाइन बस्नुपर्ने, बिचौलीयामार्फत काम गर्नुपर्ने लामो समय देखिएको समस्या हल भएको छ । राजधानीसमेत रहेको बागमती प्रदेशमा देशका ६० प्रतिशत सवारी साधन रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत