ब्लग

स्वस्थ जीवन र स्वास्थ्य कथा

जीवन त्यतिबेला महत्वपूर्ण हुन्छ कि जुनदिन पैसाको थुप्रोको पनि कुनै काम लाग्दैन। पैसाको अभाव छैन तर स्वास्थ्यको अवस्था बिजोग छ, उपचारले अब अन्तिम बिदा दिईसकेको छ त्यो दिन मात्र थाहा पाउँछ कि स्वास्थ्य के हो ?

मानौँ, तपाईंका दुई जना साथीहरु छन् ति हुन ईश्वर र किरण । ईश्वरले सधैँ सुख्खा रोटी, मकैको भात र उमालेको तरकारी खान बाध्य छ । अन्य प्रकारका मिठा परिकारहरु उसले चाहेर पनि खान पाउँदैन । तर किरणलाई त्यस्तै बाध्यता केहि छैन, उसले मिठो, भुटेको, तितो, पिरो, सबै प्रकारका खानाहरु आनन्दले खान सक्छ । त्यसो भए ल भन्नुहोस् ति दुईमा साँच्चै सफल ब्यक्ति को हो ? ईश्वर ? वा किरण ?

यहाँ भन्न खोजेको कुरा के हो भने तपाईंको साच्चै सफलताको जीवन त्यतिबेला मात्रै सुरु हुन्छ जतिबेला तपाईंको स्वास्थ्य पुरै ठिक हुन्छ वा ठिक छ । यहाँ यस्ता कैयौं मान्छेहरु छन् जसलाई पैसाको केहि अभाव छैन तर स्वास्थ्य स्थिति बिजोग छ । बिजोग स्वास्थ्यको स्थिति थुपारेको पैसाले ठिक हुन सक्दैन, बरु डाक्टरहरु छिट्टै धनी हुन्छन् ।

'जति पैसा भएर पनि अस्वस्थ भएर उपचारको लागि पैसा सक्नु भन्दा पैसा नै नभएर स्वस्थ हुनु राम्रो कुरा हो ।' आजका धेरै डाक्टरहरु  उपचार गर्ने भन्दा उचित ज्ञान् बिना पैसामा किनिएर पेशा गरिरहेका छन् । घाँटीको अपरेसन गर्नुपर्ने ठाउँमा पाठेघर निकालिदिने, कानमा राख्ने औषधि  आँखामा राखेर अन्धो बनाई दिने, जहाँतहिँ मनपरि गर्भपतन तथा अपरेसन गरेर बिरामीलाई मृत्यु शैयामा पुर्याईदिने, यति मात्रै हैन पेटभित्रै चक्कु छोडेर टाँका लगाईदिने अनि पैसा जति चुसेर अर्को अस्पतालमा जानकाे लागि पत्र लेखिदिने यस्ता असक्षम डाक्टरहरु छन् यहाँ ।

पैसाको अभाव नभएकाहरुले डाक्टरहरुलाई पैसा गन्ने राम्रो अवसर प्रदान त गर्छन तर उनीहरुले सोचे जस्तो गरि रोग निको हुँदैन । जसको घरमा गाडी छन्, ठूला महल छन् । घर र गाडीबाट करोडौं आम्दानी गर्छन् तर रोगले ग्रसित छन् ।

उनीहरुले उपचारको लागि डाक्टरहरुलाई जति पनि पैसा दिन तयार छन् । तर त्यो पैसाले उनीहरुको रोग निको पर्न सक्दैन् । उनिहरु  सधैं रोगी छन् । डाक्टरले सुख्खा रोटी, उमालेको तरकारी र मकैको भात खाने सल्लाह दिन्छन् । के तिनीहरु सफल छन् ? सम्पत्ति त छ तर ईच्छा लागेको कुरा विभिन्न रोगको कारणले गर्दा खान पाउँदैन् । ति ब्यक्तिहरू महागरिब र दरिद्र हुन किनभने गरिब र दरिद्रले त मिठो, तितो, पिरो, मसलेदार जस्ता खाना पनि फेला पारेको अवस्थामा मज्जाले खान सक्छन्, पचाउन सक्छन् तर ति महागरिबलाई, पचाउन नसक्नेलाई उमालेको तरकारी खानुपर्नेहरुलाई स्वास्थ्यले सहयोग गर्दैन ।दैनन् ।

बाफले ? जसरी ठूला ठूला रेलगाडीहरू चलाउन सक्छन् त्यस्तै मानव शरीर भित्र पनि एक शक्तिशाली बाफ छ त्यो हो  'उत्सुकता' र रेलगाडी हो स्वस्थ शरीर, यदि मान्छेमा यि दुई कुरा छन् भने उसले जस्तोसुकै गाह्रो काम पनि गर्न सक्छ ।

यदि तपाईंको स्वास्थ्य ठिक छ, चिल्लो, पिरो, मिठो, नमिठो, भुटेको, तारेको जस्तो खाना पनि तपाईंले खान सक्नुहुन्छ, पचाउन सक्नुहुन्छ भने तपाईंढुक्क हुनुहोस् घर र गाडी हुन्र ब्यक्ति करोडपति हो भने तपाईं अरबपति किनभने उसको भन्दा तपाईंको इन्जिन बलियो छ, स्वस्थ छ । गरिबले भन्छ म स्वस्थ्य छु तर गरिब छु, त्यसैले जागीर नपाए सम्म सन्तुष्टि छैन । फेरि धनी भन्छ - म धनी छु तर निको नहुने रोगी छु त्यसैले यो जीवनमा संतुष्ट छँदै छैन । गरिबलाई भन्दा धनीलाई बढी र डर लाग्ने रोग लाग्ने गर्छ किनभने तिनीहरु एक त गरिब झैँ बढी उकालो ओरालो गर्दैनन, दुईमा एक भने अझै बढी पैसाको लागि चिन्तित हुन्छन् । चिन्ता गरिरहन्छन । अब म संग अरब छ अब खरब कसरी बनाउने भन्ने तिर लागेका हुन्छन् । चिन्ता गरिरहन्छन् । आफ्नो चिता आफैँ तयार गर्छन् । जीवनदेखि पीडित र उदास हुन्छन् अनि भन्छ यसरी बाँच्नु भन्दा त गरिब जीवन नै उत्तम किनभने तिनीहरु स्वतन्त्र छन् । कसैबाट लुटिने मारिने डर छैन तिनीहरुलाई ।

गरिब जहाँ जान पनि सक्छ, एक्लै हिंड्न् सक्छ, बाटोमा सुतेर पनि निदाउन सक्छ । तर धनीलाई सुरक्षा नभई हिंड्नै हुँदैन । मन लागेको खान हुँदैन । समयमा निन्द्रा आउँदैन । घरमा बसेर मिठो खाए पनि मृत्युको डर, बाहिर घुम्न निस्के पनि मृत्युुकै डर ( मिठो मन लागेको खाँदा रोगले मर्ने डर, घुम्न निस्कँदा शत्रु तथा लुटेराले मार्ने डर किनभने नेता तथा धनी ब्यक्तिका शत्रु धेरै हुन्छन् ) पाईला पाईलामा डर, यो डरको घण्टी भएर बाँच्नु भन्दा त गरिबको जीवन निडर ।

कुनै मान्छेको आत्मा त यति कमजाेरी हुन्छ कि केहि सानो कुरा बिग्रियो भने रातदिन दुखी हुन्छन् , उनिहरुलाई चिन्ताकै कारणले गर्दा खान पनि मन लाग्दैन, बढी चिन्ता भएपछि खाएको कुरा पनि पच्दैन, पेटले पनि सहँदैन ।

कयौं धनी ब्यक्तिहरु प्रत्येक दिन दवाइ खान बाध्य छन् । कसैले त भन्ने पनि गर्दछ्न मलाई यो रोग कसैले निको गराइदिए म उसलाई पुरै सम्पत्ति दिन्थेँ । पैसा छ तर के गर्ने पैसा खाएर हुँदैन उपचारले छुँदैन । त्यसपछि उनले गरिबहरुको स्वस्थ्य जीवन स्वीकार गर्न तयार छन् तर धनी भएर पनि रोग संगै लिएर बस्न रुचाएका हुँदैनन् । तर नरुचाएर के गर्ने, आफ्नो कर्ममा जे छ भोग्नै पर्दछ ।

कसैलाई मुटुको रोग, कसैलाई दिमागको रोग, कसैलाई फोक्सोको, कसैलाई प्रेसर त कसैलाई कुनै न कुनै रोगले उनिहरुलाई अत्याइरहेको हुन्छ । डरलाग्दाे रोगले त्यसैलाई समात्छ जो ब्यक्ति बढी चिन्तित हुन्छ  किनभने धनी ब्यक्तिलाई गरिबलाई भन्दा धेरै कुरामा चिन्ता हुन्छ । आज भन्दा भोलि कसरी सम्पत्ति बढाउने भन्ने चिन्ताले सताईरहेको हुन्छ । पैसाको नशाले गर्दा उसलाई भोक पनि लाग्दैन । भोक पो किन लाग्ने चारैतिरबाट पैसा आईरहेको छ भन्ने कुरा उसले सोचेको हुन्छ । समयमा खाँदैन । काममा नै ब्यस्त हुन्छ त्यसैले त उसलाई कहिल्यै निको नहुने रोगले समात्छ । धन हाम्रो लागि हो तर हामी धनको लागि होइन । जुन दिन हामीले यो कुरा बुझ्छौँ त्यसै दिन देखि हामी सुखी र साँच्चै सफलताको जीवन बिताउन सक्छौँ । गरिब भएर हाम्रो जीवनमा केहि फरक पर्दैन तर हाम्रो स्वास्थ्यले के गरेको छ, यसले भने जीवनमा ठूलो फरक पार्दछ ।

स्वास्थ्य कथाको अन्तर्वार्ता भाग...

सिता : हरि तिमी कसरी स्वस्थ्य छौ ? तिमी त कहिल्यै पनि बिरामी हुँदैनौ, मलाई त तिमीसंग बिबाह गर्न मन छ ।
हरि : किन ? फेरि म त गरिब छु नि ।
सिता : तिमी धनी छौ तर लुकेको धनी, शरीरको धनी, इन्द्रियको धनी भयाै ?
हरि : यो त सबै संग हुन्छ नि, तर .........
सिता : कसरी ?
हरि  : बिहान सबेरै उठ । चिसो पानीले स्नान गर । शरीर थाक्ने गरि काम गर । ध्यान गर । बिहान् पानी पिउने गर, पाउरोटी र जंक खाना नखाऊ, चिन्ता नगर, चिया पिउने नगर, नियमित ताजा खाना खाने गर, त्यसपछि बल्ल अरु काम गर्न सुरु गर ।
सिता : यो त मैले भोलि देखि नै गर्छु
हरि  : ल हुन्छ, त्यसो भए मैले पनि तिमीसंग विवाह गर्छु ।

तपाईँको मत