इलाममा भेटियाे विश्वकै दुर्लभ सुन्दर पंक्षी हङरायो
- गाउँ सहर संवाददाता
- ७ पौष बुधबार, २०७८ | १२:५३:०० मा प्रकाशित
काठमाडाैं । इलाममा विश्वकै दुर्लभ चरा भेटिएकाे छ । उक्त चराकाे नामा हाे ‘हङरायो’ । झापाका चरा खोजकर्ता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त चरा फेला पारेका हुन् । उनले एक जोडी भाले ‘हङरायो’ फेला पारेका हुन् । उनले उक्त चराकाे फाेटाे समेत क्यामेरामा कैद गरेका छन् ।
हङरायो धनेश समूहभित्र पर्ने सुन्दर पंक्षी रहेको उनले जानकारी दिएका छन् । नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको अँग्रेजी नाम ‘रुफस नेक्ड हर्नबिल’ हो भने वैज्ञानिक नाम 'एसाेराेस निपालेन्सिस' हाे । चरा विज्ञकाअनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा फेला परेका छैनन् ।
इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको एक सय मिटरमा यो चरा भेटिएपछि उक्त क्षेत्रमा अन्य प्रजातिका चरा पनि फेला पार्न सकिने अनुमान गरिएको छ । हर्कटे कन्याम लगायतका क्षेत्रमा समेत केही समय अघि दुर्लभ चरा फेला पारेका उनले आफनो चाहना नै चरा खोज्ने भएको बताएका छन् ।
याे भन्दा पहिले पनि उनले नेपालका लागि दुर्लभ चरा हरित परेवा फेला पारेर रेकर्ड राखिसकेका छन् । उक्त चरा चुच्चोदेखि पुच्छरसम्म लम्बाइको चार फिटसम्म हुने गरेको छ । उनले भने ‘धेरै पटकको प्रयासमा फेला पारेको हुँ, यी क्षेत्रमा अन्य चरा पनि भेटिने सम्भावना छ ।’ याे चरा हेर्दा सुन्दर छ । यसलाई नेपालबाट लोप भएका पंक्षीहरुमा गणना गरिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
प्रतिकृया दिनुहोस