अर्थतन्त्र

शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार झिनो अंकको गिरावट आएको छ । आज नेप्से ३.२४ अंकले घटेर एक हजार ९ सय ६५ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।                                                                                   

नेप्सेमा आज २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटाको बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।        

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मल्टिपर्पोज फाइनान्स लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यसका साथै आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्य ८.०५ प्रतिशतले बढेको छ ।  

आज सबैको लघुवित्त वित्तीय संस्था, माइखोला हाइड्रोपावर लिमिटेड र एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको ११ करोड २६ लाख बराबरको कारोबार भएको छ ।         

गाउँ सहर संवाददाता

तपाईँको मत