राजनीति

कांग्रेसको प्रदेश २ अधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी, पाँच सयले गरे मतदान

काठमाडाैं । कांग्रेसको प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । अहिलेसम्म ५ सय जनाले मतदान गरेका हुन् । बुधबार मतदान हुने कार्य तालिका रहेता पनि मतपत्र छाप्न् ढिलाई भएपछि मतदान एक दिन ढिलाे गरी सुरू भएकाे हाे । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ । कुल मतदाताको संख्या १८५० रहेको  समितिले जानकारी दिएकाे छ ।

मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत