गाउँ सहर

अज्ञात समूहद्वारा पसलमा आगजनी, लाखाैंकाे नाेक्सान

जलेश्वर। गए राति अज्ञात समूहले एकैसाथ पाँच वटा पसलमा आगजनी गरेका छन् । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँच वटा पसलमा आगजनी गरी लाखौँको क्षति भएकाे छ ।

महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा राति कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबै थोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत