ओमिक्रनबाट अझै धेरै खतरा : डब्लुएचओ
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १५:५५:०० मा प्रकाशित
काठमाडाैं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनबाट अझै धेरै खतरा रहेको औल्याएको छ । बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको हो ।
डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ । यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ ।
पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेपछि डब्लुएचओको धारणा आएको हो । फ्रान्समा मात्र गएको २४ घन्टामा एक लाख ८० हजार संक्रमित थपिएका छन् ।
भारत, थाइल्यान्डलगायत देशहरुमा पनि कोरोना संक्रमित संख्यामा वृद्धि भएको छ । कोरोना भाइरसको तेस्रो लहरका रुपमा भारतमा सतर्कता अपनाइएको छ । दिल्लीमा शैक्षिक संघसंस्था बन्द घोषणा गरिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस