माओवादीको निर्वाचन कार्यतालिका संशाेधन, भाेली दिउँसाे २ बजेमात्रै निर्वाचन प्रक्रिया शुरू हुने
- गाउँ सहर संवाददाता
- १७ पौष शनिबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मको लागि स्थगित भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिए ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन आयोजकहरुले समय दिनुपर्यो भनेएपछि निर्वाचन कार्यक्रम भोलि दिउँसोसम्म स्थगित गरेको बताए । उनले भोलि १ बजेसम्म सहमति भएन भने २ बजेबाट आवेदन लिने गरि निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिए ।
यसअघि माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार केन्द्रीय सदस्य र पदाधिकारी टुंग्याउने बताएका छन् ।
बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले निर्वाचनबाट जाँदा सबै खाले मनोविज्ञानको सम्बोधन गर्न नसकिने भएकाले सहमतिमै केन्द्रीय कमिटीमा रहने सदस्य र पदाधिकारी टुंग्याउने बताएको एक नेताले जानकारी दिए।
‘आज राति चिसोमा बसेर मतदान गर्नुभन्दा भोलि दिउँसो सहमतिमै टुंग्याउँछौं। भोलिसम्मको समय दिनुस्,’ प्रचण्डको भनाइ थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
प्रतिकृया दिनुहोस