गाउँ सहर

सेनाले २२९ अधिकृत क्याडेटका लागि खुलायाे नयाँ भर्ना

काठमाडाैं । नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ ।

छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ ।

www.nepalarmy.mil.np वेबसाइटबाट इच्छुकले दरखास्त दिन सक्नेछन् ।

खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ ।

आजेदेखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ ।

१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन् । तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन् ।

पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ । 

गाउँ सहर संवाददाता

तपाईँको मत