गाउँ सहर

सार्वजनिक स्थलमा हुने भीडभाडमा लाग्याे प्रतिबन्ध, २५ जनाभन्दा धेरै जम्मा हुन नपाइने

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन सिफारिस गरेको छ ।

गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले गाउँसहरलाई जानकारी दिइन् ।

उनकाअनुसार बैठकले राजनीतिक भेलाहरू नगर्न आह्वान गरेको छ । गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने छ ।

"सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । त्यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिस गर्ने भएको छ," प्रवक्ता नेपालले भनिन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत