अवैध चाँदीका गहनासहित एक युवक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १४:१०:०० मा प्रकाशित
काठमाडाैं । अवैध चाँदीका गहनासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ । जनकपुर उपमहानगरपालिका ५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका ५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले प्रदेश नम्बर १-०२-०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको जनाएकाे छ ।
खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
प्रतिकृया दिनुहोस