आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान, छनाेट हुने विद्यार्थीले १० हजार डलरकाे छात्रवृत्ति पाउने
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १८:५१:०० मा प्रकाशित
काठमाडौं । जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातकोत्तर तहमा अध्ययन गर्न दुई जनालाई छात्रवृति दिने भएकाे छ ।
सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएकाे हाे ।
माघ २८ गतेसम्म यसकाे लागि इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) फाउन्डेसनलाई पठाउनु पर्नेछ ।
फाउन्डेसनकाे अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक तह उतीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ । यसका अतिरिक्त कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहने फाउन्डेसनले जनाएकाे छ ।
पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फाउन्डेसनले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
प्रतिकृया दिनुहोस