मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु ,आफन्तद्वारा राजमार्ग अवरुद्ध
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १०:३६:०० मा प्रकाशित
काठमाडाैं । मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हाे । जिल्लाको लम्की चुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीय मनसरा जैसीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको आइतबार राति नै उपचारको क्रममा मृत्यु भएको हो । महिलाको मृत्युपछि आफन्तले कोहलपुरबाट शव ल्याएर सडकमा राखी आन्दोलन थालेका छन् ।
मृतकका परिवारका सदस्य तथा आफन्तहरूले अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत लम्कीमा सडक अवरुद्ध गरेको प्रहरिले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस