बालिकाको पेटमा बच्चा, शिक्षक प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- ३ माघ सोमबार, २०७८ | १२:५४:०० मा प्रकाशित
काठमाडाैं । १४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।बलात्कारको अभियोग लागेपछि खोटाङमा शिक्षक पक्राउ परेका हुन् । १४ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका २ का ३१ वर्षीय शिक्षक किशोर पोखरेल पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
भाषा आधारभूत विद्यालयमा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको जनाएकाे छ । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएका थिए । सोही आधारमा आरोपित शिक्षक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा बालिकाको पेटमा २० हप्ताको गर्भ रहेको खुलेको छ ।
उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस