भेरोसेल र जोन्सन खोप लगाएकालाई भिसा नदिने
- गाउँ सहर संवाददाता
- ५ माघ बुधबार, २०७८ | १३:५१:०० मा प्रकाशित
काठमाडाैं । भेरोसेल र जोन्सन खोप लगाएकालाई भिसा नपाउने भएका छन् । नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै दूतावासले खोपको वर्गीकरण समेत गरेको छ । जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।
चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा आवेदन प्रक्रियामा सामेल गर्न नसकिने दूतावासले जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ ।
जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको समेत जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस