गाउँ सहर

माघभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडाैं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ ।

यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत