शेयरबजारका कुरा : काराेबार रकम बढ्याे, नेप्से दाेहाेराे अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १५:३३:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेकाे छ । नेप्से दाेहाेराे अंकले घटेपनि काराेबार रकमभने बढेकाे छ ।
यसदिन नेप्से सूचक १४.५८ अंकले घटेर परिसूचक २८७६.७५ बिन्दुमा रोकिएको छ । घटेकाे बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
बिहीबार २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीकाे शेयर मूल्यमा सकारात्मक सर्कित लागेकाे छ ।
त्यस्तै, आरएउमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस