गाउँ सहर

फरार अभियुक्त १० वर्षपछि पक्राउ

काठमाडाैं । प्रहरीले फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ  । अपहरण  गरि बन्धक बनाएर  ब्यक्ति हत्या गरेको आरोपमा फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको हाे ।  नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० बर्षीय सौभाग्य मल्ललाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

मल्लमाथि २०६७ साल माघ ३ गते नेपालगञ्ज–३ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढालाई अपहरण गरि हत्या गरेको अभियोग लागेको थियो ।  अदालतको फैसला लगत्तै फरार रहेका उनलाई माघ २१ गते गोरखाबाट पक्राउ गरिएको बाँके  प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । मल्ललाई बाँके जिल्ला अदालतमा पेस गरि जेल चलान गरिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत