राजस्व छली गर्ने सात जनाविरुद्ध मुद्दा दायर
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १६:२६:०० मा प्रकाशित
काठमाडाैं । राजस्व छली गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएकाे छ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हाे ।
विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको जनाएकाे छ ।
विभागले अभि टेड्रस कलैया–७ बाराको गत मङ्सिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना ७ ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो ।
विभागले आरोपी सात जनाविरुद्ध रु ५८ लाख ७९ हजार ७४६ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकाे हाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस