राजनीति

एमसीसीविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडाैं । एमसीसीविरुद्ध मंगलबार देशैभर संयुक्त कोणसभा गरिने भएकाे छ । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध मंगलबार ६ कम्युनिस्ट पार्टीले देशैभर संयुक्त कोणसभा गर्ने  भएकाे हाे । 

एमसीसी सम्झौताविरुद्ध ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाको आइतबार विप्लन नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले माघ २५ गते देशैभर कोणसभा गर्ने निर्णय गरेको थियाे ।

प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनताको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै ६ कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध सशक्त आन्दोलनका लागि अपिल गरेको छ ।

ती दलहरुले एमसीसीविरुद्ध माघ २५ गते देशैभर कोणसभा र माघ २६ गते काठमाडौंको संसदभवन अगाडि प्रदर्शन तथा देशैभर संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेका छन् ।

६ कम्युनिस्ट पार्टीहरु विप्लव नेतृत्वको नेकपा, मोनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी तथा मसाल र क्रान्तिकारी माओवादीका दुई मोर्चाले संयुक्त आन्दोलन गर्दै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत