भन्सार एजेन्टको लिखित परीक्षाकाे मिति सार्वजनिक
- गाउँ सहर संवाददाता
- २६ माघ बुधबार, २०७८ | ०८:२७:०० मा प्रकाशित
काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते हुने भएको छ ।
कोभिड–१९ का कारण यसअघि स्थगित परीक्षा सञ्चालन गर्न लागिएको भन्सार विभागले जनाएको छ । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जानकारी दिएको छ ।
विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्डकाे परीक्षा हुने भएकाे छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे । तर, २९ माघका लागि तय भएकाे परीक्षा काेराेना महामारीका कारण स्थतित भएकाेमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेकाे हाे ।
भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेकाे थियाे । पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामाे समयसम्म प्रक्रिया अगाडि बढ्न सकेकाे थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
प्रतिकृया दिनुहोस