सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | ११:३९:०० मा प्रकाशित
काठमाडाैं । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिराहाको सिराहा नगरपालिका–११ पदमपुरमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हाे । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
सिराहा–चोहर्वा सडकखण्डमा मंगलबार बेलुकी ८ बजे नम्बर नखुलेको सवारी साधनले प्रदेश २–०१–००१प ६० ३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिराहकै कल्याणपुर नगर्पालीका–९ डुमरीका ३४ बर्षीय लालु यादवको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले बताएकाे छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्दाजी २५ बर्षीय रामशरण यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस