लगातार तेस्राे जित निकाल्ने दाउमा नेपाल
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | ०८:०७:०० मा प्रकाशित
काठमाडाैं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज (सोमबार) क्यानडासँग खेल्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ तथा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । २ खेलमा ४ अंक जोडेको नेपाल समूहकाे शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा छ ।
क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । झिनो अन्तरले हारे पनि सेमिफाइनल पुग्नेछ । तर आजै हुने अर्काे खेलमा फिलिपिन्समाथि ओमानले विशाल जित हात पारे र क्यानडाले नेपालमाथि ठूलाे जित निकालेकाे अवस्थामा नेट रनरेटबाट टिम छनोट हुनेछन् ।
समूह ए को विजेताले बी को उपविजेता र उपविजेताले समूह बी को विजेतासँग सेमिफाइल खेल्नेछन् । सेमिफाइलन जित्ने दुई टिम २०२२ को अन्तिममा अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपाललाई अब दुई जितले अष्ट्रेलिया पुर्याउनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस