अर्थतन्त्र

तोलामा आठ सयले बढ्यो सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने  ४ सय रुपैयाँ घटेको थियो भने आज फेरी बढेको हो । मंगलबार सुन प्रति प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै चाँदीको मुल्य १३१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुन तोलामा एक सय रुपैयाँ वृद्धि भएको भएर  ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो  । त्यस्तै, गत शुक्रबार ९६ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो । चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको । चाँदी सोमबार एक हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो । 

एक हप्ता अघि सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भएकोमा थियो ।  

गाउँ सहर संवाददाता

तपाईँको मत