गाउँ सहर

प्रहरीको गोली लागेर एक भारतीय गाँजा तस्करको मृत्यु

काठमाडाैं । प्रहरीको गोली लागेर एक जना गाँजा तस्करको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बारामा एक भारतीय गाँजा तस्करको मृत्यु भएको हाे । हिजाे राति सात-आठ जनाको समूहले ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको गस्ती बढाइएकाे थियाे । 

प्रहरी टोली गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका २ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउण्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ः३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापा रहेका छन् । 

शवलाई प्रदेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत