स्वास्थ्य
भारतमा पछिल्लाे २४ घण्टामा १३ हजार काेराेना सङ्क्रमित थपिए
- गाउँ सहर संवाददाता
- १३ फाल्गुण शुक्रबार, २०७८ | १३:३८:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लाे २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको त्यहाँकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस