गाउँ सहर

मानव मृर्गौला बेचबिखनमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्ने उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुई जनालाई काठमाडौँ महानगरपालिका १६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको जानकारी दिएकाे छ । एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने आठ लाख कमाई हुने भन्दै दुई जनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

प्रहरीले भारत लैजान ठिक पारिएका उनीहरूलाई उद्धार गरेको थियो । पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत