नेपाल बार निर्वाचनका लागि उम्मेद्वार मनोनयन दर्ता आज ,कति ताेकियाे दर्ता शुल्क ?
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १०:३५:०० मा प्रकाशित
काठमाडाैं । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि साेमबार उम्मेद्वारी दर्ता गर्ने कार्य तालिका रहेको छ । चैत १९ मा हुने निर्वाचनमा आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेद्वार मनोनयनको कार्य तालिका रहेको छ ।
उम्मेदवारको पहिलो नामावली आजै प्रकाशन गर्ने र दाबी विरोध भोलि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली फागुन २५ गते प्रकाशन गर्ने बारले जानकारी दिएकाे छ । निर्वाचनका लागि देशभर ३५ मतदान केन्द्र तोकिएको छ ।
बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटको पदाधिकारी हुने व्यवस्था रहेको छ । चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
बारको अध्यक्षमा उम्मेद्वारी दिन ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । यसैगरी, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि ३५ हजार र सदस्यका लागि २५ हजार रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस