स्वास्थ्य

काेराेना अपडेट : पछिल्लाे २४ घण्टामा ८८ जना नयाँ संक्रमित थपिए, ३७६ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको निधन भएकाे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७६ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत