राजनीति

रामेछापकाे प्रदेशसभा ‘ख’ मा कांग्रेसकाे प्रशिक्षण कार्यक्रम सम्पन्न, चारसय जना सहभागी

रामेछाप । नेपाली कांग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस प्रदेश सभा 'ख' क्षेत्रीय कार्यसमिति रामेछापकाे आयोजनामा मन्थलीमा उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हाे ।

प्रशिक्षणमा ४ सय भन्दा बढी कांग्रेसी नेताहरूकाे सहभागिता रहेकाे थियाे । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका वडा तहदेखि जिल्लासम्मका नेता तथा कार्यकर्ताहरुले भाग लिएका थिए । वडाका सभापति, उपसभापति, सचिव, सहसचिव, काेषाध्यक्ष एवं सदस्यहरु, पालिका, प्रदेश क्षेत्रीय कार्य समिति, क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधि लगायतका नेता तथा कार्यकर्ताहरुले उक्त प्रशिक्षण कार्यक्रममा भाग लिएका थिए ।

कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि तथा प्रशिक्षक केन्द्रिय सहमहामन्त्री बद्री पाण्डे, नेता प्रमाेदहरि गुरागाइ, जिल्ला सभापति पुर्णबहादुर तामाङ (कान्छाराम), क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । 

गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्दै सहमहामन्त्री पाण्डेले पार्टी भित्रका मतभेदकाे अन्त्य गरि जनताकाे सेवामा समर्पित पार्टीका रुपमा स्थापित हुन, लाेकतन्त्र र जनजीविकाका लागि जनउत्तरदायी सरकार बनाउन कांग्रेस नै निर्वाचित भएर आउनुपर्ने भएकाले कांग्रेसका नेताहरू मतदाताका घर घर गएर मन मन बस्न सक्नुपर्ने बताए । 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसकाे चुनावी अभियान ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत कांग्रेस प्रदेश सभा 'ख' क्षेत्रीय कार्यसमिति रामेछापले जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, नगर तथा पालिका र वडा तहका पदाधिकारीहरूलाई नेपाली कांग्रेसले समृद्ध लोकतन्त्रको विकास तथा संसदबाट पारित एमसिसीले नेपालको विकासमा पार्ने सकारात्मक भूमिकाकादेखि चुनावी रणनीति बनाउन सहयाेग पुगाेस भनेर प्रशिक्षण कार्यक्रम गरिएकाे प्रदेश सभा 'ख' का प्रवक्ता शिवराज खड्काले जानकारी दिए । 

कार्यक्रममा प्रदेश सभा 'ख' का कार्यसमिति तथा सदस्यहरू, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, शैलुङ दाेरम्बा गाउँपालिका र सुनापति गाउँपालिका पालिकास्तरिय पदाधिकारी, प्रदेश सभा 'ख' अन्तर्गतका ३२ वटै वडाका पदाधिकारी तथा सदस्यहरूकाे चार सयभन्दा बढिकाे सहभागिता रहेकाे प्रवक्ता खड्काले बताए । 

प्रमुख अतिथि तथा प्रशिक्षक सहमहामन्त्री बद्री पाण्डेले लाेकतन्त्र, समाजवाद, मेलमिलाप, कांग्रेसकाे इतिहास र सैद्धान्तिक पक्षदेखि चुनावी रणनीतिसम्मका विषयमा प्रष्ट पारेका थिए । 

नेता तथा प्रशिक्षक प्रमाेदहरि गुरागाइले कांग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जीत सुनिश्चित गर्न गत निर्वाचनमा सङ्घ र प्रदेश निर्वाचनमा काङ्ग्रेसले हार बेहोर्नुका कमजाेरीलाई कसरी सच्च्याएर लैजाने भन्नेबारेमा प्रशिक्षित गरेका थिए । 

लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको संवद्र्धन गर्दै लोकतान्त्रिक समाजवाद–उन्मुख समृद्ध नेपाल निर्माणका लागि विधि र विधान कांग्रेसको प्राण भएको गुरागाइले बताए । 

सभापति पुर्णबहादुर तामाङ (कान्छाराम) ले प्रशिक्षित हुनेहरूलाई घर घरमा गएर कांग्रेसकाे बारेमा सकारात्क कुराहरू र पार्टीकाे विचार, सिद्धान्तबारे प्रष्ट्याउँदै नजिकिँदै गरेकाे स्थानीय निर्वाचनदेखि प्रदेश र संघमा कांग्रेस जिताउने एकजुट भएर विगतका तीता कुराहरू बिर्सेर हातेमालाे गरि अघि बढ्न निर्देशन दिए । 

उनले अब टिकटकाे लागि भनेर जिल्ला, प्रदेश तथा नेताहरूकाे घर घर हाेइन कार्यकर्ता र मतदाताकाे मनमा बसेर संगठन निर्माण र एकता गरि खटिन निर्देशन दिए । उनले भने- 'टिकट दिने प्रक्रिया छ । वडा, पालिका, प्रदेश हुँदै जिल्ला कार्यसमितिमा आउने भएकाले जित्ने उम्मेदवारकाे नाम सकेसम्म वडाबाटै सहमतिमा पठाउनुस् । एकजनामा सहमति गर्नुस् । कसले जित्छ, काे पपुलर छ साेही अनुसार नाम सिफारिस गर्नु सबैभन्दा उत्तम । चाहना धेरैकाे भएपनि टिकट पाउने एकै जना भएकाले टिकट पाउनेलाई सबैजनाले स्वस्फूर्त ढंगले सहयाेग गरि जिताउनुस् । अहिले कांग्रेसलाई जिताउनुभयाे भने आगामी २० वर्ष पनि कांग्रेसले नै जित्ने हाे । अहिले टिकट नपाउने साथीहरूले अर्काे वर्ष माैका पाउँछन् । त्यसैले धेरैभन्दा धेरै वडा जित्न तपाइँहरू लाग्नुहाेस् ।'

पार्टी जिताउने चुनावी एजेन्डालाई हरेक नागरिकको दैलोमा पुगेर पार्टीकाे राजनीतिक, सैद्धान्तिक कुरा प्रष्टसँग राख्ने अभियान अन्तर्गत काङ्ग्रेसले अघि सारेको चुनावी अभियानको शुभारम्भ गरिएको क्षेत्रीय सभापति राजेश कुमार श्रेष्ठले बताए ।

'अभियानका लागि नेपाली कांग्रेसले अघि सारेको आवधिक संसदको रक्षा, लोकतन्त्रका साथै सामाजिक-आर्थिक रुपान्तरण सम्बन्धी चुनावी एजेण्डाबारे प्रष्ट पारेर वडास्तरसम्मका नेताहरूलाई प्रशिक्षित गरिएकाे हाे । चुनावी अभियानका क्रममा मतदाताहरुलाई मतदानमा सहभागी हुन अपिल गर्ने, पार्टी भित्रको एकतालाई थप सौहार्दपूर्ण बनाउने, हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीतिलाई कार्यान्वयन गराउने, कांग्रेसको नेतृत्वमा हासिल गरेका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरमा राख्ने र नेकपाको सरकारले गरेका गलत कामलाई जनसमक्ष राख्ने, एमसीसी बारेको भ्रम चिर्न नेताहरूलाई सामूहिक रूपमा प्रशिक्षण दिइएकाे हाे' सभापति श्रेष्ठले भने ।  

सभापति श्रेष्ठले भने ‘पार्टी विचारले सञ्चालन हुने भएकाले कांग्रेसको नीति जनताको बीचमा पु¥याउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हाे । प्रशिक्षणले हामै नेताहरूमा रहेकाे दुविधा हटेकाे महसुस मैले गरेँ ।’

थप तस्बिरहरू

सभापति श्रेष्ठले प्रशिक्षणमा सहभागी वडा, पालिका तथा क्षेत्रका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षणमा सिकेका कुरालाई गाउँ, टाेल, घर घरमा पुगेर सिकाउन र चुनावी तयारी थाल्न निर्देशन दिए ।  

क्षेत्रीय सचिव बेन बहादुर थापामगरले संयाेजन तथा सञ्चालन गरेकाे कार्यक्रममा उपसभापति बाबुराम तामाङले स्वागत मन्त्व्य राखेका थिए भने अर्का उपसभापति पूर्ण सुवेदीकाे कार्यक्रमकाे विषयबस्तुबारे प्रष्ट्याएका थिए । 

कार्यक्रममा प्रशिक्षणमा सहभागी जनाउनहरूलाई प्रदेश सभा 'ख' क्षेत्रिय कार्यसमितिले झाेला, डायरी, डटपेन, कांग्रेसकाे विधान, नियमावली, चारतारे र चुनाव चिन्ह रूखसहितकाे एक एक वटा झण्डा, ३२ वटै वडाका लागि लेटरप्याड तथा प्रशिक्षित हुनेहरूका लागि प्रमाणपत्र उपलब्ध गराएकाे थियाे । 

साे अवसरमा पूर्व क्षेत्रीय सभापतिहरू श्यामकाजी श्रेष्ठ, झनकबहादुर श्रेष्ठ, नारायणदास श्रेष्ठ, अर्जुन कुमार के.सी., हाेमनाथ गाैतम (कमल) ताराराम श्रेष्ठ र विनाेद कार्कीलाई सम्मान गरिएकाे थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत